कारोबार


लगानी सम्मेलन सम्पन्न : निजी परियोजनामा सम्झौता, सरकारीमा प्रतिबद्धता

लगानी सम्मेलन सम्पन्न : निजी परियोजनामा सम्झौता, सरकारीमा प्रतिबद्धता

दीपक भट्ट
बैशाख १७, २०८१ सोमबार २१:५८, काठमाडौँ

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको छ। करिब २ हजार पाँच सय जनाको जमघट गराएर दुई दिने सम्मेलन आज सम्पन्न भएको हो।

सम्मेलनमा आठ सय भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता थियो। सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो। आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ।

लगानी प्रवर्द्धनको उद्देश्य राखेर भएको सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको आयोजक नेपाल सारकारले समेत दाबी गरेको छ।

लगानी प्रवर्द्धनको लागि आयोजना भएर र लगानी आह्वान गर्दै सम्मेलन सम्पन्न भएको जानाकारी गराइएको हो।

सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री वर्षमान पुनलगायतले लगानीमैत्री वातावरण रहेको र आवश्यक सुधार निरन्तर हुने सन्देश दिँदै खुलेर लगानी गर्न आह्वान गरे।

आज दोस्रो दिन उपप्रधानमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री रघुविर महासेठ, संचार मन्त्री रेखा शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन समेत भएको थियो।

दुवै दिन देखिएको उच्च पदस्थ व्यक्तिहरूमा एक मत रहेको छ। सबैले नेपालमा लगानीको वातारण रहेको र लगानीको लागि आग्रह गरे।

विकास साझेदार संस्थाहरूल समेत नेपालमा लगानीको वातावरण बन्दै गएको सम्मेलनको बीचमा बताए।

तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग साइडलाइट वार्ता गरेका थिए।

त्यस क्रममा उनीहरूले सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बताए। यस्तै उनीहरूले सत्तारुढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाको खुलेरै प्रशंसा गरे।  

विकास साझेदारहरूको भेटपछि अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरे।

मन्त्री पुन भन्छन् ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ।’

लगानी बोर्डका सीईओ सुशील भट्टका अनुसार लक्ष्य अनुसार लगानी सम्मेलन सफल भएको छ।

उनी भन्छन्, ‘लगानीकर्ताहरूलाई बोलाईयो। नेपालको वातावरणको बारेमा अवगत गराईयो। उनीहरूलाई लगानीको लागि आह्वान गरेर सम्पन्न भएको। जुन सफल भएको हो।’

निजी क्षेत्रका आयोजना र कायर्कक्रममा भयो सम्झौता
लगानी सम्मेलनमा एक जर्दन सम्झौता भएका छन्। जसमा  निजी क्षेत्रका आयोजनार कार्यक्रम धेरै रहेका छन्।नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच लगानी सम्झौता भएको छ।

त्यस्तै गरिरारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।जसमा ७० करोड रुपैंयाँको लगानी हुने बताइएको छ।  हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। नेपालको साःख ग्रुपसंग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो।

नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका लागि वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप)बीच समझदारी भएको छ।

लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन्। त्यस्तै गरि लगानी सम्मेलनमा मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीहरूले चासो देखाएका छन्।

त्यस्तै गरिविप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

१ दर्जन आयोजनामा लगानी प्रतिवद्धता
लगानी सम्मेलनमा एक दर्जनबढी समझदारीमा तथा सम्झौता भएको सिइओ भट्टले बताए। १५२ आयोजना मध्ये १९ परियोजनाको आसयपत्र माग गरिएको बताए।   

जसमा आयश पत्र मागिएका आयोजनामा विदेशीहरूले लगानीको लगानीको प्रतिवद्धता जनाएका छन्। उक्र आयोजनाहरूमा बोर्डले ६५० मेगावटाको  कालिगण्डकी २ जलाशययुक्त आयोजना रहेको छ।

एक खर्ब ७४ अर्ब ७३ करोड रुपैयाँ लागत अनुमानको आयोजनाको आशयपत्र माग गरिएको थियो। यो आयोजनामा विदेशी लगानी कर्ताले लगानीको प्रतिवद्धता जनाएका छन्।

पोखरा सम्मेलन केन्द्रको निर्माण गर्न आशयपत्र माग गरेको छ। करिब तीन अर्ब ७२ करोड रुपैयाँ लागतको आयोजनामा वैदेशिक लगानीकर्ता खोजिँदै छ। जसको प्रस्तुतीकरण भएको छ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे बनाउने प्रस्ताव गरिएको थियो। २ खर्ब २१ अर्बको आयोजना रहेको छ। यसमा पनि लगानीकर्ताको चासो थियो।

साथै केही लगानीकर्ताहरूले यस आयोजनामा अध्ययन तथा विकासको लागि अघि बढ्न छलफल गर्ने बताएका छन्।

जानकी हेरिटेज होटल एन्ड कल्चर भिलेज आयोजनाको लागि आशयपत्र माग गरेको छ। यसको २ अर्ब ३५ करोड रुपैयाँ लगात अनुमान छ। चौथोमा धुलिखेल मेडिसिटी आयोजनाको लगानी गर्न इच्छुकलाई आशयपत्र माग गरेको छ। यसको करिब ११ अर्ब रुपैयाँ लगात अनुमान गरिएको छ।

यस्तै सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना पनि रहेको छ।

बबरमहल प्रशासनिक प्लाजा आयोजनको समेत प्रस्तुतीकरण भएको छ। जसको लागत अनुमान १० अर्ब २० करोड रहेको छ। २८१ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना रहेको छ। ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

१२ सय १६ मेगावाटको खिम्ती थोसे शिवालय जलाशययुक्त आयोजना रहेको छ। २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागन अनुमान गरिएको छ। ३३७ मेगावाटको भारब्रुङ जलशायययुक्त आयोजना रहेको छ। ८० अर्ब १२ करोड रुपैयाँ लागत अनुमान रहेको छ।

दैजी औद्योगिक पार्क रहेको छ। जसको लागत अनुमान ८ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

त्यस्तै गरि अन्तिममा गौतमबुद्ध मेटर्निटी हस्पिटल रहेको छ। लागत १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। यी सबै आयोजनामा विदेशी लगानीकर्ताको चासो रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .