चौधरी ग्रुपअन्तर्गत सीजी ब्राण्डले बीएलडीसी सिलिङ्ग फ्यान बजारमा ल्याएको छ।
यो सिलिङ्ग फ्यान प्रयोग गर्दा अन्यको तुलनामा ४३ प्रतिशत विद्युत् बचत हुने कम्पनीको दाबी छ।
यसमा बीएलडीसी प्रविधि छ। यो फ्यान अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको कम्पनीको दाबी छ।
बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउँदा पनि सोहीअनुसार घुम्ने भएकाले यसलाई असर नगर्ने कम्पनीले जनाएको छ।
यो फ्यान ११० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने दाबी गरिएको छ।
यसमा रिमोटको सुविधा रहेको र मोटर र पीसीबीएमा २ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ। यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध छ।
219
Shares
प्रतिक्रिया