उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को अग्रिम बुकिङ टिकट खुला गरिएको छ। वैशाख २१ गतेबाट रिलिज हुने यस फिल्मको अग्रिम बुकिङ खुलाइएको हो।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन्। क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’ लाई ६९ शो दिएको छ। जसमध्ये उपत्यकामा २८ र मोफसलमा ४१ शो उपलब्ध दिइएको हो।
वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो दिएको छ। आईएनआई चेन लगायतका हलमा ग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ। बुधबार साँझसम्म देशभरका सम्पुर्ण हलमा अग्रिम बुकिङ टिकट खुला गरिनेछ। सुरुवाती अवस्था हेर्दा सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा उच्च शो पाउने देखिन्छ।
स्टारकास्ट बलियो रहेको र कबड्डीको ब्रान्डका कारण पनि सिनेमाले दर्शक तान्ने धेरैको अनुमान छ। ट्रेलरले बनाएको हाइपले पनि सिनेमा प्रतिक्षित बनेको छ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्। फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्।
यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ।
Shares
प्रतिक्रिया