आम मानिस ऋणमा पर्नु अनौठो होइन। तर, रोबर्ट कियोसाकी ऋणमा परेको खबर पत्याउन कठिन छ। किनभने उनी धनी बन्न सिकाउने प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पुअर ड्याड’ का लेखक हुन्।
हालै कियोसाकीले आफू १ अर्ब डलरभन्दा ज्यादा ऋणमा रहेको खुलासा गरेका छन्।
आफूले नगद ब्यांकमा बचत नगर्ने बरु सुनजस्ता सम्पत्ति किन्न ऋणको प्रयोग गर्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘म एक अर्ब ऋणमा छु। यदि टाट म पल्टिएँ भने ब्यांक टाट पल्टिन्छ।’
ऋणमुक्त भएर बाँच्नु धेरैको सपना भए पनि आजको दिनमा कसैलाई त्यस्तो सल्लाह दिनु सबैभन्दा खराब भएको उनको भनाइ छ।
उनले आगामी दिनमा ब्यांकहरु संकटमा पर्ने बताउँदै आएका छन्।
‘त्यसैले जोसँग सुन र चाँदी छ, उनीहरु नाफामा हुनेछन्,’ उनी भन्छन्। एजेन्सी
1.2k
Shares
प्रतिक्रिया