ग्लोबल


छत्तीसगढमा रोकिराखेको ट्रकमा पिकअप ठोकिँदा १० जनाको मृत्यु

छत्तीसगढमा रोकिराखेको ट्रकमा पिकअप ठोकिँदा १० जनाको मृत्यु

दुर्घटनामा परेको गाडी


नेपालखबर
बैशाख १७, २०८१ सोमबार १६:२१, काठमाडौँ

भारतीय राज्य छत्तीसगढको बेमेत्रामा पिकअप गाडी रोकिराखेको ट्रकमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये धेरै जनाको अवस्था गम्भीर छ।

बीबीसी हिन्दीका अनुसार बेमेटाराको पाथरा गाउँका करिब ३० जना मानिस पिकअपमा पारिवारिक समारोहबाट फर्किरहेका थिए। राति अबेर कठिया गाउँनजिकै पिकअप गाडी सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको हो। 

जिल्ला अधिकारीले भनेका छन्, ‘ठक्कर यति भयंकर थियो कि नौ जनाको घटनास्थलमै मृत्यु भयो।’

दुर्घटनामा १० जनाको मृत्यु र २२ जना घाइते भएको जिल्ला अधिकारीले बताए। 

घाइतेहरूलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको र गम्भीर अवस्थाका चार जनालाई एम्स, रायपुरमा भर्ना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .