यो वर्ष हङकङमा ४.५ प्रतिशतले बढ्दै पारिश्रमिक, कति पुग्यो न्यूनतम?

यो वर्ष हङकङमा ४.५ प्रतिशतले बढ्दै पारिश्रमिक, कति पुग्यो न्यूनतम?

हङकङमा न्यूनतम पारिश्रमिक ४.५ प्रतिशतले बढाउने तयारी गरिएको छ (एससीएमपी)


नेपालखबर
बैशाख १७, २०८१ सोमबार १६:७, हङकङ

यस वर्ष हङकङमा न्यूनतम पारिश्रमिक ४.५ प्रतिशतले बढ्ने भएको छ।

हाल न्यूनतम प्रतिघण्टा ४० हङकङ डलर रहेको ज्याला ४.५ प्रतिशतले बढाएर ४१.८० प्रतिघण्टा पुर्‍याइने भएको हो।

यसका साथै प्रत्येक दुई वर्षमा ज्याला समायोजन गरिने यसअघिको परिपाटीलाई त्यागेर अब वार्षिक रूपमा समीक्षा गरिने भएको छ।

न्यूनतम पारिश्रमिक आयोगको गोप्य स्रोतलाई उद्धृत गर्दैै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार भविष्यमा न्यूनतम पारिश्रमिकलाई हालको दरबाट नघट्ने सुनिश्चित पनि गरिने भएको छ।

जबकि, अघिल्लो वर्ष न्यूनतम पारिश्रमिक प्रतिघण्टा ३७.५० हङकङ डलरबाट बढाएर ४० पुर्‍याइएको थियो, जुन लगभग ६.७ प्रतिशत वृद्धि हो। यस वर्ष भने यो दर ४.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .