इलाम भन्नेबित्तिकै धेरैको दिमागमा झट्ट आउँछ, चिया बगान। हुन पनि यहाँका ८० प्रतिशत भूगोलमा चिया बगान देखिन्छन्।
इतिहास केलाउने हो भने, विसं १९२० बाट यहाँ चिया बगान सुरु गर्ने प्रयास भएको पाइन्छ। तत्कालिन बडाहाकिम कर्णेल गजराज सिंह थापाले इलाममा चिया बगान सुरु भएको देखिन्छ।
जानकारहरूका अनुसार त्यतिबेला तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा बीउ उपहारस्वरुप ल्याएका थिए।
सोही बीउ उनले आफ्ना ज्वाईँसमेत रहेका गजराजलाई दिएपछि इलाममा चिया बगान सुरु भएको बताइन्छ।
त्यसोत, अहिले इलाम चर्चामा छ। निर्वाचनका कारण चर्चामा रहेको यो क्षेत्रमा देशभरबाट मान्छेहरूको ताँती लागिरहेको छ।
इलाम पुग्ने जो कोही एक पटक चिया बगान पुग्छन्। यहाँका बगानमा सेल्फी खिच्नेहरूको भिड देखिन्छ।
सदरमुकाम इलाम बजार नजिकैको चिया बगानमा पुग्दा किसानहरू व्यस्त देखिन्थे। उनीहरू चुनावी माहोलामा चासो नभएको बताउँछन्।
हेरौँ केही तस्बिरः
.
Shares
प्रतिक्रिया