राजनीति


इलाम–२ : ६१ हजार गणना सकियो, सुहाङको फराकिलो अग्रता

इलाम–२ : ६१ हजार गणना सकियो, सुहाङको फराकिलो अग्रता

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार २:५७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। 

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ २४ हजार ६ सय ९२ र नेपाली कांग्रेसका डम्बर बहादुर खड्का १८ हजार ६ सय ८४ मत प्राप्त गरेका छन्। 

हालसम्म ६१ हजार १६९ मत गणना भएको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार यी मतमध्ये ६० हजार ३८८ मत सदर हुँदा ७८१ मत बदर भएको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार ७ सय १६ मत ल्याएर तेस्रो स्थानमा छन्।

कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए। 

फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, देउमाई, माईको ६,७,८ र इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा यो क्षेत्रमा पर्छन्। 

यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .