समाज


लापसे गरेर सवारी साधन चलाउने ५ जना चालक नियन्त्रणमा

लापसे गरेर सवारी साधन चलाउने ५  जना चालक नियन्त्रणमा

नेपालखबर
चैत २३, २०८० शुक्रबार २१:७, काठमाडौँ

काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

लु २ ख ७२ ७९ नम्बरका बस चालक नवलपरासी बर्दघाट सुस्ता पश्‍चिमको बर्दघाट नगरपालिका ४ का ३१ वर्षीय नवराज राना, बा ३ ख २४ ९६ नम्बरका बस चालक धादिङको गजुरी गाउँपालिका १ का २४ वर्षीय रेमन आले मगर, ना ८ ख १५ ७७ नम्बरका बस चालक सल्यानको छ्त्रेश्‍वरी गाउँपालिका ६ का ४२ वर्षीय शसिराम बोहरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, ना ७ ख ४१ ११ नम्बरका ट्याङ्कर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २० का २६ वर्षीय मोहमत नियाज र बा ६ च ६३ ३३ नम्बरका कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ का ३७ वर्षीय रोमी श्रेष्‍ठलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले बताए।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .