१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मीप्रसाद फाजुलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
फाजुले ती किशोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई
आइतबार पक्राउ गरेका फाजुलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको परिसरकार डीएसपी राजन कार्कीले जानकारी दिए।
यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
93
Shares
प्रतिक्रिया