ad ad

खेल


एसीसी प्रिमियर कप: वर्षाको कारण नेपाल र हङकङबीचको खेलमा ढिलाइ

एसीसी प्रिमियर कप: वर्षाको कारण नेपाल र हङकङबीचको खेलमा ढिलाइ

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १२:१, काठमाडौँ

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण ढिला हुने भएको छ। 

वर्षाका कारण मैदान चिसो भएकाले टस समेत हुन सकेको छैन। 

ओमानको अल अमरेत क्रिकेट मैदान ‘ए’ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुने तालिका थियो। तर वर्षाले टस समेत हुन नसक्दा खेल ढिला सुरु हुनेछ। 

यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाली टोली आजको खेलमा हङकङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ।

यदि हङकङ नेपालसँग पराजित भए उसको सेमिफाइनल सम्भावना लगभग सकिनेछ। वर्षाले खेल रद्द भएको अवस्थामा अन्तिम चारको सम्भावना जिवित रहनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .