नेपाल र वेस्ट इन्डिज एले ५ वटा खेलको टी २० शृंखलाअन्तर्गत आज दोस्रो खेल खेलिरहेका छन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको हो। निर्धारित २० ओभरमा नेपालले वेस्ट इन्डिज एलाई १६० रनमा रोकेको छ।
बलियो टोली वेस्ट इन्डिज एले पूरै ओभरमा ७ विकेट गुमाएर नेपाललाई जितका लागि १६१ रनको चुनौती पेस गरेको छ। यसअनुसार नेपालले अहिले ब्याटिङ सुरु गरेको छ।
अघिल्लो खेल जितेको नेपालका लागि आज कुशल भुर्तेल र सागर ढकालले २-२ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।
२० तस्बिरमा हेर्नुहोस् नेपालको बलिङ अट्याक
\
114
Shares
प्रतिक्रिया