ad ad

अटो


चार वर्षमा सात अर्ब लगानी गर्दै हिरो ईभी

चार वर्षमा सात अर्ब लगानी गर्दै हिरो ईभी

नेपालखबर
असार ३०, २०७८ बुधबार १५:१४,

हिरो इलेक्ट्रिक भेहिकल्सले आगामी चार वर्षमा सात अर्ब लगानी गर्ने भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०२५ सम्ममा कम्पनीले कारोबार वृद्धि गर्नको लागि सात सय करोड भारु लगानी गर्ने जनाएको हो । 

योजनाअनुसार एउटा नयाँ उत्पादन प्लान्ट स्थापना गरिनेछ । जसको लागि दुई अर्ब २० करोड भारु जुटिसकेको छ । कम्पनीले लुधियानको आफ्नो अहिले रहेको प्लान्टको विद्युतीय सवारीसाधन क्षमता ७५ हजारबाट बढाएर तीन लाख एकाइ वार्षिक बनाउने योजनामा लागिरहेको बताइएको छ । 

यसबाहेक कम्पनीले १० लाख सवारीसाधन क्षमताको नयाँ कारखाना समेत स्थापना गर्न जुटिसकेको बताइएको छ । यो योजना सन् २०२५÷०२६ सम्ममा करिब १० लाख विद्युतीय सवारीसाधन वार्षिक बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको छ । 

त्यस्तै कम्पनीले आपूर्ति शृंखला, सेवा सञ्जाल र चार्जिङ स्टेसनको विस्तारसँगै अनुसन्धान र विकास, डिलर नेटवर्क विस्तारलाई पनि तीव्रता दिने भएको छ । विद्युतीय दुईपांग्रे सवारीसाधनको मागमा तीव्रगतिमा फाइदा उठाउन कम्पनीले नयाँ योजना बनाएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .