ad ad

बागमती


रातारात उठाइयो ‘कोर एरिया’का सडकमा जम्मा भएको फोहोर

रातारात उठाइयो ‘कोर एरिया’का सडकमा जम्मा भएको फोहोर

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०७९ शुक्रबार ७:९, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मुख्य शहर क्षेत्र (कोर एरिया) को फोहोर रातारात उठाइएको छ। कोर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराती उठाएर टेकुस्थित प्लान्टमा लगिएको हो। 

नेवार समुदायले मनाउने गाइजात्रा पर्व आज मनाईंदैछ। विगत दुई सातादेखि काठमाडौं महानगरपालिकाको फोहोर उठेको छैन्। गाइजात्राको दिनपनि फोहोर नउठ्दा हुने समस्याका बारेमा बिहीबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकमा चर्काचर्की भएको थियो।

त्यस लगत्तै महानगरको फोहोर ब्यवस्थापन समितिको आकस्मिक बैठक बसेर कोर एरियाको फोहोर उठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। ‘कोर एरियाको विशेषतः गाइजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘बन्चरेडाँडामा भएको अवरोध र सडक मर्मतका लागि पनि प्रयास भइरहेको छ।’

केही वडाध्यक्षहरुले मेयर बालेन्द्र शाहलाई आजै राती फोहोर उठाउनपर्ने र बैठकमा अन्य एजेण्डामा छलफल नगर्ने अडान लिएका थिए।

वडाध्यक्षहरुको अडानपछि बैठकका अन्य एजेण्डामा छलफल नगरी फोहोर ब्यवस्थापन समितिको बैठक बसेको थियो। 

सो बैठकले मुख्य क्षेत्रका फोहोर बिहीबार राति नै उठाउने निर्णय गरेको थियो। फोहोरले जात्रा नै सञ्चालनमा अवरोध हुने भएपछि महानगरपालिकाले तत्काल फोहोर उठाएर टेकु लगेको हो।

उता, ल्यान्डफिल साइट बञ्चरेडाँडामा फोहोर आजैबाट लान सकिने मेयर शाहले बताएका छन्। बिहीबारको कार्यपालिका बैठकमा बोल्दै उनले आजबाट बञ्चरेडाँडामा फोहोर लानेगरी तयारी भएको जानकारी गराएका थिए। 

केही हप्तादेखि उठ्न नसकेको काठमाडौंभित्रको फोहोरले सडक र पेटि दुर्गन्धित भएका छन्। फोहोर ब्यवस्थापन गर्न नसकेको भन्दै केही वडाध्यक्षहरु आक्रोशित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .