NepalKhabar NepalKhabar

बागमती


कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटका बाढीपहिरो प्रभावितको निरीक्षण

कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटका बाढीपहिरो प्रभावितको निरीक्षण

नेपालखबर
साउन २७ , काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

साउन २४ गते राति परेको भीषण वर्षापछि नुवाकोको तादी खोलामा आएको बाढीले  दुप्चेश्वर ३ राउतबेशी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्र र तादी ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन्।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले भने, ‘साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनिय बिनास निम्त्याएको छ।  पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको  छ। सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ। बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन म सरकारसंग जोडदार माग गर्दछु।’

पूर्वमन्त्री समेत रहेका डा. महतले सातबिसे–थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षण गरे।

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने,राहत, क्षतिपूर्ति,पुनस्थापना तथा पुन निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुगेका थिए।

उनले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भनेका छन,ूबाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ।

महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले भने, ‘बाँधस्थल, क्यानल , वरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ। अहिले उत्पादन बन्द भएको छ। बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको ब्यबस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।’

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा. महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत, पुनस्थापना र पुनर्निर्माणको बारेमा छलफल पनि गरेका थिए।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मत संभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए। 

डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए।

साउन २७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.