ad ad

बागमती


इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

नेपालखबर
साउन २८, २०७९ शनिबार १०:३५, काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्ण रूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .