ad ad

बागमती


अवरोध नभए आजदेखि काठमाडौंबाट दैनिक ३५० गाडीमा फोहोर बञ्चरेडाँडा लगिने

अवरोध नभए आजदेखि काठमाडौंबाट दैनिक ३५० गाडीमा फोहोर बञ्चरेडाँडा लगिने

शनिबार काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडी। तस्बिर : मेयर बालेन्द्र शाहको फेसबुकबाट।


नेपालखबर
साउन २९, २०७९ आइतबार ७:१२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडा ओसारिने बताएका छन्। 

उनका अनुसार शनिबार काठमाडौंबाट फोहोर लिएर १५२ वटा गाडी बञ्चरेडाँडा पुगे।  

शनिबार फाेहाेर बाेकेका गाडी। तस्बिर : मेयर शाहकाे फेसबुकबाट।

कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने जानकारी उनले दिएका छन्। 

‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ’, मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थुप्रिएका फोहोरहको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौं।’

अन्यथा फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजना बनाइएको र तिनलाई कार्यान्वयन गर्न हदैसम्म प्रयास गरिने मेयर शाहको भनाइ छ। 

‘हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ’, मेयर शाहले भनेका छन्। 

याे पनि : ​

काठमाडौं : फोहोरका कारण मुख्य प्रवेशद्वार नै बन्द

काठमाडौंको फोहोरबाट मोहर बनाइँदै, कीर्तिपुरको ५० रोपनी जग्गामा मल उत्पादन गरिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .