ad ad

बागमती


भक्तपुरमा भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

भक्तपुरमा भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ६:२२, भक्तपुर

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना हुँदा एक  जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। 

प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .