बागमती


मेयर बालेन्द्रको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर

मेयर बालेन्द्रको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर

फाइल तस्बिर।


नेपालखबर
चैत २६, २०७९ आइतबार १५:४७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठाउन छाडेको छ। वडा नम्बर ११ का वडाअध्यक्ष हिरालाल तुण्डुकारका अनुसार आज (आइतबार) सिंहदरबारभित्रको फोहोर उठाइएको छैन। 

‘मेयरसाबको निर्देशनपछि आज सिंहदरबारको फोहो उठाइएको छैन,’ तण्डुकारले नेपालखबरसँग भने। 

शनिबारमात्रै मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए।

उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै उनले सो घोषणा गरेको बताएका थिए। 

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ उनले भनेका थिए, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .