बागमती


धादिङ बस दुर्घटना अपडेट– एकजनाको मृत्यु, १९ यात्रु घाइते, राजमार्ग खुल्यो

धादिङ बस दुर्घटना अपडेट– एकजनाको मृत्यु, १९ यात्रु घाइते, राजमार्ग खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा पल्टिएको भारतीय यात्रुवाहक बस।


सुनिता विष्ट
असार ८, २०८० शुक्रबार ११:१५, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा शुक्रबार बिहान भएको भारतीय यात्रुवाहक बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रका अनुसार दुर्घटनामा भारतको राजस्थान २ की १२ वर्षीया कल्पना पारिखको मृत्यु भएको हो। 

एआर ०६ ई ७०३१ भारतीय नम्बरको बस सडकमै पल्टिएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्।

उनीहरुको गल्छीमै रहेको भरोसा हस्पिटलमा उपचार भइरहेको डीएसपी मिश्रले जानकारी दिए। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

बस सडकमै पल्टिएका कारण राजमार्ग केहीबेर बन्द भएको थियो। क्रेनको सहायताले दुर्घटनाग्रस्त बस साइड लगाएपछि हाल एकतर्फी रुपमा सडक खुलेको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .