बागमती


सडक फराकिलो बनाउने निर्णयविरुद्ध उत्रिए हेटौंडाका व्यवसायी (तस्बिरहरू)

सडक फराकिलो बनाउने निर्णयविरुद्ध उत्रिए हेटौंडाका व्यवसायी (तस्बिरहरू)

सुनिता विष्ट
असार २४, २०८० आइतबार १५:२१, हेटाैँडा

पूर्व–पश्चिम राजमार्ग अन्तर्तगत पर्ने हेटौंडाका सडक २५-२५ गज फराकिलो पार्ने सरकारको निर्णयविरुद्ध हेटौंडाका व्यवसायीहरू उत्रिएका छन्।

संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालय, सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनभित्र २५ गज भित्रका संरचना हटाउन असार १० गते सूचना निकालेको थियो। सडक फराकिलो बनाउने अभियानमा हेटौंडा उपमहानगरपालिकाले समेत सकारात्मक भएको भन्दै व्यसायीहरु विरोधमा उत्रिएका हुन्।

हेटौंडाका विभिन्न ठाउँबाट सुरु भएको र्याली उपमहानगरपालिकाको कार्यालय पुगेर मेयर र उपमेयरविरुद्ध नाराबाजी गरेका थिए।

उनीहरुले ‘सुकुम्बासी बनाउन पाइँदैन, यस्तो स्थानीय सरकार चाहिँदैन, व्यवसायीको करको सम्मान गर, व्यवसायीको उचित व्यवस्थापन गर, जनता सुकुम्बासी नहुने विकल्पको खोजी गर’ लगाएतका प्लेकार्ड बोकेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .