बागमती


‘शैक्षिक सुधार गर्न’ एकसाथ १७ प्रधानाध्यापकको सरुवा

‘शैक्षिक सुधार गर्न’ एकसाथ १७ प्रधानाध्यापकको सरुवा

प्रधानाध्यापकलाई सरुवापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती।


सुनिता विष्ट
भदौ २, २०८० शनिबार ११:३४, हेटौँडा

मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्न भन्दै एकसाथ १७ जना प्रधानाध्यापकको सरुवा गरेको छ।

गाउँपालिकाले ‘शिक्षामा परिवर्तन’ नाराका साथ प्राथमिक तहका प्रधानाध्यापकलाई एकैपटक सरुवा गरेको हो।

शुक्रबार सरुवा भएका शिक्षकहरुलाई गाउँपालिकाले सरुवाको पत्रसहित आगामी जिम्मेवारी प्रदान गर्दै बिदाइ गरेको छ।

गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यको बजेट बढाएको छ। यस्तो अवस्थामा अब नतीजमुखी काम गर्नुपर्ने हुन्छ। त्यसकारण पहिलो चरणमा प्रअको सरुवा गरिएको हो’, उनले भने।

अध्यक्ष कालाखेतीका अनुसार शिक्षक सरुवामा कुनै पूर्वाग्रह राखिएको छैन।

‘हामीले शिक्षकसँगको सहमतिमै सरुवा गरेका हौं’, उनले भने।

सरुवा भएका शिक्षकहरुलाई मासिक १५ सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।

‘हाम्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो। प्राथमिक तहबाटै शिक्षालाई बलियो बनाएर लैजाने योजना अनुसार यसो गरिएको हो’, उनले भने। दुर्गमका शिक्षकका लागि छुट्टै भत्ताको समेत व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .