बागमती


सुरु भयो बालाजु बाइसधारा मेला, गोसाइँकुण्डमा स्नान गरेबराबर पुण्य प्राप्त हुने विश्वास

सुरु भयो बालाजु बाइसधारा मेला, गोसाइँकुण्डमा स्नान गरेबराबर पुण्य प्राप्त हुने विश्वास

हाल लागिरहेको बाइसधारा मेला। तस्बिर : रासस


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ८:४७, काठमाडौँ

काठमाडौँस्थित बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्छ। मेला पाँच दिनसम्म जारी रहने छ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको बताए।

हाल लागिरहेको बाइसधारा मेला। तस्बिर : रासस

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ। मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .