बागमती


वर्षा कम हुनासाथ काठमाडौँ उपत्यकामा फेरि ह्वात्तै बढ्यो वायु प्रदूषण

वर्षा कम हुनासाथ काठमाडौँ उपत्यकामा फेरि ह्वात्तै बढ्यो वायु प्रदूषण

नेपालखबर
चैत ३१, २०८१ आइतबार ९:५१, काठमाडौँ

वर्षा र हावाहुरी कम हुनासाथ काठमाडौँ उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ। 

शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौँ सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो।

नेपाली समयअनुसार आज बिहान ९:४५ बजे काठमाडौँ विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ।  

चैत २७ गते वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा रहेको काठमाडौँ (नेपाल) हावाहुरीसँगै वर्षा हुने थालेपछि प्रदूषण स्वाट्टै घटेर चैत २८ गते ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ४२औँ नम्बरमा झरेको थियो। 

तर शनिबारदेखि फेरि पानी पर्न तथा हावाहुरी चल्न कम भएपछि वायु प्रदूषणको मात्रा बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad