टीभीएसले इथानोलबाट चल्ने अपाचे आरटीआर २०० एफआई ई १०० बाइक बजारमा ल्याएको छ। इथानोल सुगर फर्मेन्टेसन प्रोसेसबाट तयार गरिएको हुन्छ। पेट्रोलको तुलनामा यसले ३५ प्रतिशत कम कार्बन उत्सर्जन गर्छ। पार्टिक्युलेट म्याटर, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको उत्सर्जन पनि कम हुने हुन्छ।
अपाचे आरटीआर २०० एफआई इथानोल बाइकको कन्सेप्टलाई २०१८ अटो एक्सपोमा सार्वजनिक गरिएको थियो। अपाचे आरटीआर २०० जस्तै रहेको कम्पनीले जनाएको छ। पेट्रोलबाट चल्ने बाइकभन्दा फरक देखाउनका लागि यसमा ग्रीन बडी ग्राफिक्स र बाइकमा ‘इथानोल’ट्याग रहेको छ।
बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल छ। यसमा बाइकको स्पिड, ओडोमिटर, ट्रिप मिटर, ल्याप टाइमर र गियर पोजिसज र दुवै पांग्रामा डिस्क ब्रेक सिंगल च्यानल एबीएस समेत बताइएको छ। कम्पनीका अनुसार नयाँ मोडलको बाइक भारतको महाराष्ट्र, उत्तर प्रदेश र कर्नाटकमा लन्च गरिने बताएको छ। कम्पनीले विश्वभर अहिलेसम्म ३५ लाखभन्दा बढी युनिट बिक्री गरिसकेको बताएको छ। मोटरसाइकलको लन्चिङमा सडक एवं राजमार्ग मन्त्री नितिन गडकरीले भारतमा इथानोल पम्प नभएको र चाँडै इथानोल पम्प खोल्ने जानकारी दिएका छन्। बाइकको मूल्य १ लाख २ हजार भारु रहेको छ।
बाइकमा अपाचे आरटीआर २०० मा भएको १९७।७५ सीसीको इन्जिन छ, २० बीएचपी पावर र १८ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। इथानोलको उपयोगका लागि ईएफआई सिष्टमको माध्यमद्वारा विशेष रुपमा तयार गरिएको हुन्छ। टप स्पिड १ सय २९ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले बताएको छ। यो स्लिपर क्लचका साथ फाइभ स्पिड गियरबक्समा रहेको छ।

प्रतिक्रिया