केटीएमले सोमबार दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ।
कम्पनीले बीएस ६ इन्जिनका ड्युक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक गर्ने भएको हो।
बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको बताइएको छ।
ड्यूक २५० मा सिगंल सिलिन्डर लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ। यसले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ ।
यस्तै केटीएम ड्यूक २०० मा सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९३. एनएमको टर्क जेनेरेट गर्छ।
3
Shares

प्रतिक्रिया