निर्माण


पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ९:४०, काठमाडौँ

पोखरा-मुग्लिन सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १८ किलोमिटर कालोपपत्रे सम्पन्न भएको छ। 

पश्चिम खण्ड ३८ किलोमिटर लामो छ। त्यसमध्ये ३७ किलोमिटर एकतर्फी कालोपपत्रे भइसकेको जनाइएको छ। 

इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ। त्यस्तै, २९.६१ किलोमिटरमा दुईतर्फी (चार लेन) र ७.७९ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपपत्रे भइसकेको उनले बताइन्। 

चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपपत्रे कार्य भएको छ। सोही अवधिमा दुई वटा कल्भर्ट निर्माण भएका छन्। पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भइसकेको उनले जानकारी दिइन्। 

सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेन र अन्यत्र चार लेनको सडक बन्नेछ। आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौंडासम्म ६ लेनको हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad