NepalKhabar NepalKhabar

अपराध


परिवारलाई ८ लाख दिने सहमतिपछि उठाइयो केएमसीकी कर्मचारीको शव

परिवारलाई ८ लाख दिने सहमतिपछि उठाइयो केएमसीकी कर्मचारीको शव

नेपालखबर
असार २० , काठमाडौँ

शनिबार राति मृत फेला परेकी केएमसी स्कुल बुद्धनगरकी कर्मचारी रमा रायमाझीको शव दुई दिन पछि उठाइएको छ।

विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए। 

शनिबार साँझ स्कुलकै होस्टलमा मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन्। तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो। 

शनिबार र आइतबार पनि पटक पटक भएको छलफलमा राति मानवअधिकार आयोगका अधिकारीसहितको छलफलमा सहमति जुटेको हो। शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। 

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ होस्टलमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्। त्यसदिन घर नफर्किएपछि खोज्दै आफन्त स्कुलमा पुगेका थिए।

असार २०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.