ad ad

अपराध


आठ छात्रालाई यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

आठ छात्रालाई  यौन दुर्व्यवहारको आरोपमा  एक शिक्षक पक्राउ

सुमन पुरी
असार २७, २०७९ सोमबार १०:४७, विराटनगर

धनकुटामा यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहारको आरोपमा देउराली माविका शिक्षक चन्द्रकुमार राई पक्राउ परेका हुन्।

उनीमाथि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई यौन दुर्व्यवहारको आरोप लागेको छ।  

उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। 

असार २१ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै  शिक्षक राई फरार भएका थिए।

उनलाई  विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग छ। 

प्रहरीले असार २६ गते राति  विद्यालय हाताबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। 

राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काइदिने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .