NepalKhabar NepalKhabar

अपराध


बाघको छालासहित ४ जना पक्राउ

बाघको छालासहित ४ जना पक्राउ

बरामद बाघको छालासहित अभियुक्तहरू प्रहरीको नियन्त्रणमा।


नेपालखबर
साउन २०, २०७९, शुक्रबार , कैलाली

कैलालीमा बाघको छालासहित ४ जना पक्राउ परेका छन्। बिहीबार राति साढे १२ बजे गोदावरी नगरपालिका २ अत्तरियातर्फ अवैध रुपमा बाघको छाला ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा आरआईटी र इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। 

डोटी जोरायल गाउँपालिका २ का समिर ओलीले चलाएको बोलेरो जिपमा उनीहरु बाघको छालासहित पक्राउ परेका हुन्।

कैलाली चुरे गाउँपालिका ६ का टेकबहादुर रावत, धीरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका २ का राजेन्द्रसिंह भण्डारी पक्राउ परेका हुन्।​

तेघरी खानेपानी ट्याङ्की नजिक सडकमा धनगढीतर्फ आएको सु प प्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिप रोक्न खोज्दा नरोकी अगाडि बढेकाे थियाे। 

त्यसपछि शंका लागेर प्रहरीले पिछा गरेको थियो। 

गाडीमा सेतो प्लास्टिकमा बाघको छाला एक थान र हड्डीहरु फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

उनीहरुले छाला अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले लग्दै गरेको पाइएको प्रहरीले जनाएकाे छ। 

साउन २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .