NepalKhabar NepalKhabar

अपराध


क्यानाडा पठाइदिने भन्दै सात लाख लिएर फरार महिला पक्राउ

क्यानाडा पठाइदिने भन्दै सात लाख लिएर फरार महिला पक्राउ

नेपालखबर
साउन २० , काठमाडौँ

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्। 

डोमाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा रु १४ चौध लाख रुपैयाँ लाग्छ।

क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु २ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट सात लाख रुपैयाँ रकम लिइ सम्पर्क विहीन भएकी थिइन्। 

वैदेशिक रोजगार विभागबाट प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउका लागि गरिएको पत्राचारका आधारमा सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका अत्तरखेलबाट पक्राउ गरेको हो। 

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको प्रहरीले जनाएको छ।
 

साउन २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.