NepalKhabar NepalKhabar

अपराध


महिलाको हातबाट झोला लुटेर मोटरसाइकलमा फरार दुई जना पक्राउ

महिलाको हातबाट झोला लुटेर मोटरसाइकलमा फरार दुई जना पक्राउ

नेपालखबर
साउन २२ , काठमाडौँ

काठमाडौंको बालाजु कुमारीस्थानस्थित सडकमा हिँडिरहेकी महिलाको हातबाट झोला खोसेर लुटपाट गर्ने दुई व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भइ हाल टोखा बस्ने २५ वर्षीय सागर दर्जी र तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमिर महर्जन रहेका छन्। 

रातोकालो पल्सर मोटरसाइकलमा सवार उनीहरुले बाटोमा गायत्री ढकाललाई पैदल हिँडिरहेको अवस्थामा धक्का दिइ उनको हातमा बोकेको पहेँको झोला भित्र रहेको नगद, मोबाइल तथा अन्य महत्वपूर्ण कागजात समेत लुटपाट गरी लगेका थिए।

घटना अनुसन्धानको सिलसिलमा अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाडौं मनमैजु र बानियाँटारबाट लुटपाट गरी लगेको मोबाइल लगायत खुकुरी तथा लागुऔषध गाँजाको धुलो ५५१ ग्रामसहित सागर दर्जी र अमिर महर्जनलाई पक्राउ गरेको हो। 

ती दुई युवाको साथबाट खुकुरी थान १, मोबाइल थान २, लागुऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बालाजु पठाइएको छ।

साउन २२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.