ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाको हिरासतबाट फरार एक अभियुक्त सोमबार पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दाका अभियुक्त बाँकेको खजुरा गाउँपालिका–८ बस्ने वर्ष २६ को अब्दुल खाँ साउन ९ गते अन्दाजी १०ः५५ बजे खाना खुवाउने समयमा ड्यूटीमा रहेको सेन्ट्रीलाई झुक्याई फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको टोलीले अब्दुल खाँलाई बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
साउन २३, २०७९, साेमबार
84
Shares
प्रतिक्रिया