काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा मोबाइल चोरी गरी भाग्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।
टोखा नगरपालिका–९ गोंगबुकी एक किशोरीको मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा काभ्रेपलाञ्चोक घर बताउने ४१ वर्षीय दिनेश थापालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित हाल नम्बर नखुलेको बसमा ती किशोरीको मोबाइल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नयाँ बसपार्कमा फेला पारी नियन्त्रणमा लिएको हो।
उक्त मोबाइल सम्बन्धित किशोरीलाई बुझाइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
159
Shares
प्रतिक्रिया