श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार श्रीमानलाई पक्राउ गरेको छ।
पर्साको वीरगन्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय (पर्सा) का प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ।
गत वर्ष वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाले दिनेशसँग विवाह गरेकी थिइन्। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ। रासस
साउन २८, २०७९, शनिबार
60
Shares
प्रतिक्रिया