ad ad

अपराध


नक्कली प्रहरी बनेर लुटपाट गर्ने तीन जना प्रहरीको फन्दामा

नक्कली प्रहरी बनेर लुटपाट गर्ने तीन जना प्रहरीको फन्दामा

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १७:४२, काठमाडौँ

आफूलाई प्रहरी बताएर काठमाडौंमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका घर भइ हाल भक्तपुर बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका घर भइ हाल पकन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनापाती–१ घर भइ हाल सोही स्थान बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन्। 

प्रहरीका अनुसार काठमाडौंको ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्जबाट यही भदौ ५ गते ९ः१० बजेको समयमा मनी एक्सचेन्जका कर्मचारी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै पुग्दा ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल रोकेका थिए।

आफू प्रहरी बताउने उनीहरुले ती कर्मचारीलाई जबर्जस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गर्नुका साथै साथमा रहेको नगद ३० लाख २३ हजार २०८ रूपैयाँ मोबाइल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटी फरार भएका थिए। 

घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा योगेन्द्र तामाङ समेत ३ जनालाई कपनबाट पक्राउ गरेको हो।

उनीहरुलाई घटनामा प्रयोग गरेका मोटरसाइकलसहित प्रारम्भिक अनुसन्धान पश्चातः अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .