ad ad

अपराध


धनुषामा १९ किलो चाँदीसहित एक भारतीय पक्राउ

धनुषामा १९ किलो चाँदीसहित एक भारतीय पक्राउ

नेपालखबर
असोज ९, २०७९ आइतबार १९:३५, काठमाडौँ

धनुषाबाट १९ किलो जाँदीसहित एक जना पक्राउ परेका छन्।

नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो। 

भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बीओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १९ किलो ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी सैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको सशस्त्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .