ad ad

अपराध


नक्कली सई प्रक्राउ

नक्कली सई प्रक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १८:२५, मोरङ

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो। कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .