ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ अभियुक्तको आजदेखि अदालतमा बयान

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ अभियुक्तको आजदेखि अदालतमा बयान

नेपालखबर
जेठ १२, २०८० शुक्रबार ९:५७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका १६ अभियुक्तको आज (शुक्रबार) देखि अदालतमा बयान सुरु हुँदै छ। 

उनीहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान दिनुपर्नेछ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा लाखौँ ठगी गरेको अभियोगमा पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा पाँच कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रतिवादीमध्ये १४ जना भने फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। 

पक्राउ परेका १६ प्रतिवादीले आजदेखि अदालतमा बयान दिन सुरु गर्नेछन्। अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्ति पनि छन्। उनीहरूले अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ असुलेको अभियोग छ। 

जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगपत्रमा अभियुक्तहरूविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुर लगाइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .