ad ad

प्रवास


मार्भलस इम्प्लोइमेन्टका सञ्चालक राईले आत्महत्या गरेको मलेसियन प्रहरीको पुष्टि

मार्भलस इम्प्लोइमेन्टका सञ्चालक राईले आत्महत्या गरेको मलेसियन प्रहरीको पुष्टि

नेपालखबर
चैत २८, २०७९ मंगलबार १३:५३, काठमाडौँ

मलेसियामा गत शुक्रबार होस्टेलको शैचालयमा मृत भेटिएका मार्भलस इम्प्लोइमेन्ट नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर (प्रमुख) रिन्जी राईको चिकित्सकको पोष्टमार्टम रिपोर्ट र प्रहरी प्रतिवेदन सोमबार मलेसियन प्रहरीले नेपाली दूतावासलाई बुझाएको छ।

उक्त रिपोर्टमा मलेसियाको निलाईमा मृत भेटिएका राईले झुण्डिएर आत्महत्या गरेको जानकारी रहेको नेपाली राजदूतावासका डिसिएम मोतीबहादुर श्रीषले बताएका छन्।

श्रीषले मलेसियन प्रहरीले मृतक राईको शव नेपाल लैजान स्वीकृति दिएको पनि बताए। परिवारसँग छलफल गरि स्वीकृति लिएर जतिसक्दो छिटो नेपाल पठाइने उनले जानकारी दिए।

मलेसियन प्रहरीले नेपाली दूतावास मलेसियालाई प्रतिवेदन बुझाएको मलेसियाका लागि नेपाली राजदूतले जानकारी गराउँदै उनको शव नेपाल पठाउने तयारी गरेको छ।

दूतावासले अत्यन्त दुःखद् घटना भएकाले नेपाली समुदायलाई सम्यम हुन आग्रह गरेको छ। 

प्रहरीको प्रारम्भिक प्रतिवेदन र चिकित्सकको पोष्टमार्टम रिपोर्ट आएपछि राईले झुन्डिएर आत्महत्या गरेको प्रमाणित भएको दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .