प्रवास


एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा थापा, आईसीसीमा लामा निर्विरोध

एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा थापा, आईसीसीमा लामा निर्विरोध

नेपालखबर
असार १५, २०८२ आइतबार २०:४५, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन भएका छन्।

संघको गत आइतबार सम्पन्न १६औँ साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन र कोषाध्यक्षमा बिनु सुनुवार चयन भएका छन्।

युवा संयोजकमा आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति निर्वाचित भएका छन्।

सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन्।

स्विट्जरल्यान्डबाट अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आईसीसी) मा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छन्।

स्विट्जरल्यान्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा संघका पूर्वपदाधिकारीहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

अधिवेशनका क्रममा कोषाध्यक्ष बिनु सुनुवारले संघको आर्थिक प्रतिवेदन पेस गरेका थिए।

निर्वाचन सम्पन्न गर्न प्रमोद भट्ट संयोजक र सर्वज्ञया लम्साल, भूमि गुरुङ, शुक्र श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको थियो।

नयाँ कार्यसमितिको औपचारिक घोषणा आगामी जुलाई १९ तारिखमा गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमको समापनमा जर्मनी निवासी चर्चित गायक तुलसी शिवाकोटीले सांगीतिक प्रस्तुति दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad