रौतहट विस्फोट र घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा सांसद अफताव आलमसहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालयले तीन अभियोगमा हदैसम्मको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो।
सोमबार नै प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
मोहम्मद अफताव आलमसहित मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलमलाई मुख्य अभियुक्त कायम गरिएको छ।

प्रतिक्रिया