ad ad

कारोबार


बजाजको नयाँ शोरुम जनकपुरमा

बजाजको नयाँ शोरुम जनकपुरमा

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १९:११,

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्स सञ्चालनमा ल्याएकाे छ।

बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरिएको छ।

ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बजाजले जनाएको छ। कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। 

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं। हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। जनकपुरमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरूका लागि  आकर्षक उपहारको व्यवस्था पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .