ad ad

कारोबार


यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलमा कति?

यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलमा कति?

नेपालखबर
साउन १८, २०७८ सोमबार १४:१३, काठमाडौँ

यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ। 

यामाहा ब्रान्डको आधिकरिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो। 

कम्पनीले रे जेट स्कुटरको मूल्यमा ६ हजार रुपैयाँ बढाएको छ। गत चैतमा रे जेटको मूल्य २ लाख रुपैयाँ मात्रै रहेको थियो। 

फेसिनो १२५ एफआईको मूल्य ८ हजार रुपैयाँ बढेको छ। चैतमा २ लाख ५६ हजार रहेको स्कुटरको मूल्य २ लाख ६४ हजार रुपैयाँ पुगेको छ। 

कम्पनीले कुनै स्कुटर तथा मोटरसाइकलको मूल्य बढाएको छ भने कुनैको बढाएको छैन। 

नयाँ मूल्यसूचीअनुसार स्कुटरमा फेसिनो ११३ को २ लाख १८ हजार, रे जेटआर स्ट्रिट ¥यालीको २ लाख २० हजार, एन म्याक्सको ४ लाख ६९ हजार, रे जेट आर एसआर २ लाख ६९ हजार, आर जेटआर डिस २ लाख ५९ हजार, रे जेट ड्रम २ लाख ४४ हजार रुपैयाँ तोकेको छ। 

त्यस्तै मोटरसाइकल १२५ सीसीको सलुटो डिस २ लाख २४ हजार, एसजेट आर आरको २ लाख ४६ हजार, एफ जेट १६ एफआईको २ लाख ८४ हजार, एफजेट  भी ३ को ३ लाख २९ हजार, एफजेट एमआई डीडीको ३ लाख ८ हजार मूल्य निर्धारण गरेको छ। 

त्यसबाहेक एफजेट २५को ४ लाख ४७ हजार, एमटी १५ को मुल्य ४ लाख ४२ हजार, आर १५ भी ३ एबीएस ४ हजार ८१ हजार, फाजर २५ ४ लाख १४ हजार रुपैयाँ निर्धारण गरिएको छ। 

कम्पनीले जापानबाटै ल्याउने ५ सय ६० सिसीको टी म्याक्स, ८५० सिसीको एमटी म्याक्स र ९५० सिसीको  ३४ लाख ९९ हजार निर्धारण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .