कारोबार


चिनियाँ विद्युतीय कार कम्पनी लि अटो हङकङको सेयरबजारमा सूचीकृत हुने

चिनियाँ विद्युतीय कार कम्पनी लि अटो हङकङको सेयरबजारमा सूचीकृत हुने

नेपालखबर
साउन २१, २०७८ बिहिबार १३:५८, काठमाडौँ

चिनियाँ विद्युतीय कार उत्पादक लिमिटेड अटो हङकङको सेयर बजारमा प्रवेश गर्ने भएको छ। 

कम्पनीले बजारमा सेकेन्डरी लिस्टिङबाट एक अर्ब ९० करोड डलर उठाउने लक्ष्य राखेको बीबीसीले जनाएको छ।

यो कम्पनी न्युयोर्कको नास्डाक स्टक मार्केटमा यसअघि नै सूचीकृत भइसकेको छ । लि अटो बितेका महिनाहरूमा गृहदेशमा सूचीकृत हुने पछिल्लो कम्पनी हो ।

अमेरिका र चीन दुवैले कम्पनीहरूमाथि निगरानी बढाइरहँदा लि अटोले सूचीकृत हुने निर्णय गरेको हो । यो स्टार्टअप कम्पनी भर्खर छ वर्षको भएको छ । कम्पनीले हङकङमा सूचीकृत भएर अधिकतम प्रतिकित्ता मूल्य १५० हङकङ डलरसम्म पर्ने गरी १० करोड कित्ता आईपीओ जारी गर्न सक्नेछ ।

लि जियाङ नामले समेत चिनिने कम्पनीले एक करोड कित्ता सेयर हङकङका लगानीकर्तालाई दिने तयारी गरेको छ । सेयर मूल्य भने यही हप्ताको अन्त्यतिर सार्वजनिक हुन सक्ने अपेक्षा छ ।

बेइजिङमा कार्यालय रहेको कम्पनीले एक वर्षअघि नास्डाकमा सूचीकृत भएर एक अर्ब १० करोड अमेरिकी डलर संकलन गरेको थियो । आइतबार कम्पनीले जुलाईमा लि वान ब्रान्डका आठ हजार पाँच सय ८९ सवारीसाधन डेलिभरी गरेको जनाएको छ ।

लि वान कम्पनीको बजार पुगेको एउटै मात्र मोडल हो । यो गाडी प्लग इन हाइब्रिड रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .