ad ad

कारोबार


ड्याट्सनले ल्यायो ‘डाट्सन फेस्टिभ हट डिल’ योजना, २ लाखबराबरका विशेष सुविधा

ड्याट्सनले ल्यायो ‘डाट्सन फेस्टिभ हट डिल’ योजना, २ लाखबराबरका विशेष सुविधा

नेपालखबर
भदौ ८, २०७८ मंगलबार १३:२६, काठमाडौँ

ड्याट्सनले ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडबाडको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडबाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान् चाड दसैँको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको छ । 

यस योजनामा ग्राहकलाई कुल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिनेछ। 

साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको छ। 

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ। यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन शोरुमहरुमा लागू हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .