सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे।
उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।
3
Shares
प्रतिक्रिया