ad ad

कारोबार


अर्थ मन्त्रालयले भन्याे : कालो धन लगानी गर्न दिइन्न

अर्थ मन्त्रालयले भन्याे : कालो धन लगानी गर्न दिइन्न

नेपालखबर
असोज ४, २०७८ सोमबार २०:२३, काठमाडौँ

अर्थ मन्त्रालयले कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न नदिइने जनाएको छ।

सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा  सम्बन्धित कानून बमोजिम कारवाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट नदिइने र त्यस्तो कार्यबाट  प्राप्त आम्दानीको लगानीमा छुट प्रदान नहुने अर्थमन्त्रालयले स्पष्ट पारेको छ।

अर्थमन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कालोधन खोलिएको भन्ने बाहिरको प्रतिक्रियामा  गम्भीर ध्यानाकर्षण भएको बताएको छ।  

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेका छन्।

जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई समावेश गरिएको छ।

यो व्यवस्थालाई लिएर अर्थमन्त्री जनार्दन शर्माले कालो धन खुल्ला गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्चा भैरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .