ad ad

कारोबार


भेनेजुएलेली जनतालाई अमेरिकाले साढे ३३ करोड डलर सहयोग दिने

भेनेजुएलेली जनतालाई अमेरिकाले साढे ३३ करोड डलर सहयोग दिने

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०७८ बिहिबार १५:८, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका जनतालाई ३३ करोड ६० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। 

अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार २४ करोड ७० लाख डलर मानवीय सहायतास्वरुप र ८ करोड ९० लाख डलर आर्थिक तथा विकास सहायतास्वरुप दिन लागिएको हो। 

उक्त सहयोग राशिले ७० लाख अत्यावश्यक सहयोगको पर्खाइमा रहेका भेनेजुएलाभित्रका जनता र देशबाहिर शरणार्थी जीवन बिताइरहेका भेनेजुएलीलाई मद्दत मिल्ने अमेरिकाले जनाएको छ। 

झण्डै ५७ लाख भेनेजुएलीहरु १७ देशमा शरणार्थी जीवन बिताइरहेका छन्। उनीहरुलाई आश्रय दिने यस क्षेत्रका देशहरुले अमेरिकी सहयोगको सह्राहना गरेको रोयटर्सले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .