ad ad

कारोबार


सेयरबजार ५० अंकले बढ्यो

सेयरबजार ५० अंकले बढ्यो

नेपालखबर
असोज १३, २०७८ बुधबार १५:२३, काठमाडौँ

लगातार तीन दिन घटेको सेयरबजार आज भने ५०.५८ अंकले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक २६६५.९३ विन्दुमा पुगेको हो। बुधबार सेन्सिटिभ सूचक पनि ८.५८ अंकले बढेको छ। 

आजको कारोबारमा २२९ कम्पनी सामेल भए। उनीहरुको ९८ लाख ९४ हजार कित्ता सेयर बिक्री भयो। 

सूचक बढे पनि कारोबार रकममा उल्लेख फेरबदल भने भएन। आज ६३ हजार ९ सय १६ पटकको खरिदबिक्रीमा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।  

आज सबै समूहका उपसूचकहरु हरियो देखिए। 

बुधबारको कारोबारमा अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकसहित ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए। 

लगानीकर्ताले आज ३.९२ प्रतिशतसम्म गुमाउनुपरेको छ। आजको कुनै कम्पनीको अधिकतम कारोबार २२ करोड मात्रै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .